‘नेफ्टा अवार्ड’मा ‘छक्का पन्जा ३’को वर्चस्व
काठमाण्डौको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा ६ घन्टा भन्दा लामो समय चलेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो वर्चस्व कायम गरेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकार लगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड समारोहमा चलचित्र क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिती थियो । यस्तै, उत्कृष्ट नायकको अवार्ड विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट पाउँदा उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साँइली’बाट प्राप्त गरिन् । यस्तै, नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘पपुलर नायक–नायिका’को अवार्ड जित्न सफल भए ।

demo comment
demo commentfrommobile